• Social Media Links
  • Site Map
  • Accessibility Links
  • English
Close

“भावी पुस्ताका शिक्षार्थीहरूलाई अध्ययनतर्फ प्रेरित गरौँ”

Publish Date : 05/09/2025
सूचना एवम् जनसम्पर्क विभागको इ-भाषा सिकाइ श्रृंखला, ५ सेप्टेम्बर २०२५शिक्षक दिवसको अवसरमा औपचारिक रूपमा शुभारम्भ गरिदैँछ। “भावी पुस्ताका शिक्षार्थीहरूलाई अध्ययनतर्फ प्रेरित गरौँ” भन्ने विषयवस्तुमा आधारित यस कार्यक्रमले सिक्किमेली भाषाहरूको अध्ययनलाई प्रोत्साहन गर्नेछ र नयाँ पुस्तालाई आफ्नै भाषा र संस्कृतिसँग जोड्ने अवसर प्रदान गर्नेछ।
सम्माननीय मुख्यमन्त्री श्रीमान् प्रेमसिंह तामाङ जो सूचना एवम् जनसम्पर्क विभागको प्रभारी मन्त्री पनि हुनुहुन्छ, उहाँकै मार्गनिर्देशनमा अघि बढाइएको यस अभियानले सिक्किमको समृद्ध भाषिक विविधतालाई सबैको माझ पुऱ्याउने लक्ष्य राखिएको छ। उक्त सिकाइ शृङ्खलाले स्थानीय भाषाको व्यवहारिक प्रयोगलाई प्रोत्सहान गर्दै राज्यको सांस्कृतिक धरोहरलाई प्रस्तुत गर्नेछ।
सिक्किममा दस भन्दा बढी मान्यताप्राप्त भाषाहरू रहेका छन्, जसमा हाम्रो इतिहास, संस्कृतिक परम्परा र ज्ञान सुरक्षित छ। यो अमूल्य सम्पदालाई संरक्षण गर्न साथै भावी पुस्तामा हस्तान्तरण गर्न विभागले डिजिटल भाषा सिकाइ कार्यक्रम ल्याएको हो, जसले भाषा सिक्न सजिलो र अर्थपूर्ण बनाउनेछ।
छोटो, सरल र रमाइला भिडियोहरू सामाजिक सञ्जाल र विभागको आधिकारिक वेबसाइटमा राखिनेछन्। जसको माध्यमबाट सबैलाई कुनैपनि समयमा आफ्नो मातृभाषासँग जोडिन सहयोग पुर्नेछ। यो केवल भाषा सिक्ने साधन मात्र नभएर दुइ पुस्तालाई जोड्ने सेतु, संस्कृतिको उत्सव र प्रत्येक सिक्किमेली जनमानसको गर्वको विषय बन्ने छ।
यस कार्यक्रमलाई सफल बनाउन सूचना एवम् जनसम्पर्क विभागको विभिन्न भाषा शाखाले दिएको योगदान विशेष सराहनीय छ ।
साप्ताहिक कक्षा उपलब्ध हुने स्थानहरूः
सिक्किम सरकारका आधिकारिक युट्युब, फेसबुक र इन्स्टाग्रामका पेजहरूमा अनि
सूचना एवम् जनसम्पर्क विभागको वेबसाइट: www.ipr.sikkim.gov.in
आधिकारिक उद्घाटनका लागि तयार बनौँ, हामी सबै मिलेर आफ्नो भाषालाई संरक्षण गरी भविष्यका पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गरौँ।
आउनुहोस्, हामी सबै मिलेर सिक्किमको भाषिक सम्पदालाई जोगाऔँ र आउँदो पिँढीलाई प्रोत्साहन गरौँ!