क्षेत्र विधायक श्री सतीश चन्द्र राईद्वारा सामद्रुप्त्से प्रवेशद्वारदेखि नामची बजारसम्म संयुक्त अनुगमन।
Publish Date : 29/08/2025

नामची, अगस्त २९ (आइपीआर): सामद्रुप्त्से प्रवेशद्वारदेखि नामची बजारसम्मको क्षेत्रमा आज नामची–सिङ्गिथाङ क्षेत्रका विधायक श्री सतीश चन्द्र राईको नेतृत्वमा एउटा संयुक्त अनुगमन सम्पन्न भयो। सो अवसरमा नगर परिषद् सदस्य श्री नोर्बु भूटिया, नामची जिल्लापाल श्रीमती अनुपा ताम्लिङ तथा विभिन्न लाइन विभागका अधिकारीहरु उपस्थित थिए ।
अनुगमनको क्रममा विधायकले सडक तथा बत्तीहरूको पुनर्स्थापना, पुनर्निर्माण र भविष्यका पूर्वाधार विकास सम्बन्धी कार्यहरूको मूल्याङ्कन गर्नुभयो । स्वास्थ्य जीवनशैलीलाई प्रोत्साहित गर्न उहाँले पहिले नै रहेको रक गार्डन क्षेत्रलाई पुनर्निर्माण गरी नयाँ गन्तव्यका रूपमा विकास गर्ने, जसमा पर्यटन तथा स्वास्थ्य–सुविधा प्रवर्द्धन कार्यक्रम समेटिने, सुझाव दिनुभयो । यसले फिटनेसप्रेमी र साहसिक खोजी गर्नेहरूलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
साथै, लागुऔषधी दुव्र्यसन विरुद्धको प्रशासनिक अभियानलाई जोड दिँदै, लागुऔषधी कारोबारको घटनाहरू देखिने संवेदनशील स्थानहरूमा सडक बत्ती पुनर्स्थापना गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभयो । साथै, प्रहरीद्वारा अतिरिक्त गस्ती बढाउनुपर्ने कुरामा जोड दिनुभयो, जसका लागि नामची वरिष्ठ प्रहरी उपरीक्षक श्री कर्मा ग्याम्त्सो भूटियाले पूर्ण समर्थन र सहयोग प्रदान गर्ने आश्वासन दिनुभयो ।
बजार क्षेत्र वरिपरिको सडकलाई चौडा पार्नुपर्ने, उचित ढल प्रणाली आवश्यक पर्ने, पाइपलाइन र पावर केबलहरूलाई ढल प्रणालीबाट हटाएर स्थानान्तरण गर्नुपर्ने आवश्यकता पनि विधायकले प्रकाशित गर्नुभयो। सडक किनारमा अवैध रुपमा गरिएको निर्माण कार्यलाई तत्काल हटाउन स्थानीय व्यापारी तथा सर्वसाधारणसँग समेत अन्तरक्रिया गर्नुभयो ।
अनुगमनका क्रममा उपस्थित अन्य अधिकारीहरूमा नामची वरिष्ठ प्रहरी उपरीक्षक श्री कर्मा ग्याम्त्सो भूटिया, एडीसी नामची श्रीमती तिर्साङ तामाङ, महकुमा अधिकारी (मुख्यालय) श्री निम पिन्त्सो भूटिया, महकुमा अधिकारी नामची श्री सारण कालिकोटे, वरिष्ठ इ्जिनियर यू.डी.डी(दक्षिण/पश्चिम) श्री सुमन शङ्खर, डिभिजनल इन्जिनियर, विद्युत् तथा ऊर्जा विभाग श्री अनिवाश तामाङ, डिभिजनल इन्जिनियर सडक तथा पुल विभाग श्री मिङ्मा टाशी शेर्पा, ए.सी.एफ वन श्रीमती सबी गदैली, ए.सी.एफ वन्यजन्तु श्रीमती हरिमाया थापा, स्मार्ट सिटी सी.इ.ओ श्री टी.जी.भूटिया, आर.ओ भू–क्षेत्रीय श्री जोन राई, ए.इ जल विभाग श्री सोनाम कार्थक, ए. इ राष्ट्रिय राजमार्ग–७१० श्री रोबिन शर्मा, नामची नगर परिषद्का निरीक्षक श्री साइमन तामाङ लगायत विभिन्न विभागका अधिकारीहरू रहेका थिए।
रिपोर्ट : डी.आइ.ओ नामची।